कालकुट साहित्यिक मन्च धरानको पहिलो वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सम्पन्न
Uttari Morang
युवराज ठकुरी / कालकुट साहित्यिक मन्च धरानले स्थापनाको पहिलो वार्षिकोत्सब तथा रचना वाचनको नवौं शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ।
कालकुट आफ्नो वार्षिकोत्सब कार्यक्रमको अवसरमा साहित्यिक पत्रकार तथा कवि प्रकाश दिप्सालीलाई सम्मान पत्र तथा पाँच हजार पाँच राशीले सम्मान गरेको छ।
युवा कवि दिप्सालीले निरन्तर साहित्य साधना गर्दै साहित्यिक पत्रकारिताको माध्यमबाट साहित्यको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएकोले सम्मान गरिएको कालकुटका अध्यक्ष मणि राई गोठालेले बताए। कार्यक्रममा नियमित रचना वाचनको नवौं शृङ्खलालाई पनि जोडिएको थियो।
यसपटकको नवौं शृङ्खलामा चार कविहरुका ८ कविता र चारैजना गजलकारका ८ गजल प्रस्तुत गरिएको थियो।
कविहरु देवान किराँती, मुकुन्द प्रयास, सन्तोष थेवे र प्रदीप योङ्हाङले कविता वाचन गरेका थिए । त्यस्तै गजल वाचनमा गजलकारहरु ज्ञानु राई, श्रेष्ठ परिक्रमा, युवराज ठकुरी, अनन्त अनुराग उभिएका थिए ।
कार्यक्रम मंचका अध्यक्ष मणि गोठालेको अध्यक्षतामा सचिव कमल चेम्जोङ, सदस्य इन्दु नेपाल योन्जनद्वारा संचालन भएको थियो।






