२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा

Author Uttari Morang
शनिबार, माघ २५, २०७६
बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा

सुर सप्तक बेलवारी आइडल २ को शनिबार भएको प्रि-सेमीफाइनलबाट २१ जना प्रतियोगीहरु सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बेलवारी आइडल २ को लागि सहभागी भएका दुई सयभन्दा बढीबाट छनौट चरण पार गरी प्रि-सेमिफाइनलमा पुगेका ६१ जना मध्येबाट २१ जना सेमीफाइनलका लागि छनौट भएका हुन् ।

आरोहण सङ्गीत विद्यालय बेलवारी १ मा भएको प्रि-सेमिफाइनलबाट छनौट  भई सेमिफाइनल पुग्न्नेहरुमा नवीन कोइराला, रितेश तिम्सिना, सालोन राइ, मुस्कान सुनार, सुवास राइ,  साहिल घिमिरे, बिनुका बास्तोला, आयुस सुनार, शर्मिला दाहाल, बिष्णु राई, रविसन खत्री, बिवस खड्का, सुजाता अधिकारी, डम्बर सुन्दास, सिजन रेग्मी, पासाङ तामाङ, सुनिल चौधरी, अलिमा लिम्बु, प्रभा खतिवडा, गोकुल फुयाल र रुबिना भुजेल छन् ।

सप्तक बेलबारी आइडलमा संगितकार भीम बस्नेत, गायक संजिव धिमाल र अनुप दियाली निर्णायक छन् । बेलबारी आइडल २ को सेमिफाइनल फागुन ३ गते बेलबारीस्थित तमु गुम्बामा हुने आयोजक श्रष्टा समाजले जनाएको छ ।

फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूलाई १ महिनाको पूर्ण प्रशिक्षण प्रदान गरिने पनि कार्यक्रम संयोजक जे.वि थुलुङले बताए ।

बेलबारी आइडल विजेताले ३० हजार नगद पुरस्कार, ३० हजार बराबरको म्युजिक भिडियोसहितको गीत रेकर्डिङको अबसर,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सह विजेताले नगद पुरस्कार रु.१५ हजार, ट्रफी, प्रमाणपत्र र उप विजेताले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

बेलबारी नगरपालिको आर्थिक सहयोगमा हुने बेलबारी आइडलको हस्पिटालिटी पार्टनर ड्रिम ल्यान्ड रहेको छ । फाइन प्रतियोगिता भने भने चैत १ गते हुने छ ।