२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा

Author Uttari Morang
सोमबार, फाल्गुण ०५, २०७६
राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा

धनकुटा लगायत पुर्वी पहाडका जनतालाई  गुणस्तरीय र प्रभावकारी आंँखा उपाचार सेवा पुर्याउँदै आएको नेपाल नेत्र ज्योति संघ धनकुटाले आँखा उपचारको सेवालाइ थप प्रभाबकारी बनाउन विभिन्न कार्यक्रम सहित अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाल नेत्र ज्योति संघ धनकुटाको बैठकले आउटरिज, डि एस टी कार्यक्रम र आंँखा शिविर लगायतका कार्यक्रम मार्फत धनकुटा जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आंँखा उपचार सेवा विस्तार अभियान थाल्ने  निर्णय  गरेको हो ।

धनकुटामा आंँखा उपचार सेवा विस्तार गर्नेका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर बजार र चौविसे गाउंँपालिकाको राजारानीमा आंँखा उपचार केन्द्र खोल्ने योजना गरिएको  नेपाल नेत्र ज्योति संघ धनकुटाका सचिव बिजय सन्तोषी राइले वताए ।

अभियान अन्तरगत जिल्ला भरीका स्वास्थ्य स्वयंंमसेवीका र शिक्षिकाहरुलाई आंँखा स्वास्थ्य सम्वन्धि तालिम प्रदान गरी आंँखा उपचारको सचेतना फैलाउने, विभिन्न संघ सस्था ,कार्यालय तथा स्थानीय तहरुसंग समन्वय तथा सहकार्य गरी आंँखा परिक्षण तथा शल्यक्रिया सहितको आंँखा शिविर संचालन गर्ने ,विद्यालय र समुदायमा आंँखा जांँच कार्यक्रम चलाउने, स्थानीय तह, वडा तथा टोल टोलमा अभियानकै रूपमा आंँखा उपचार सेवा संचालन गर्ने  जस्ता कार्यक्रम तय गरिएको नेपाल नेत्र ज्योति संघ धनकुटका सभापति रोशेष श्रेष्ठले वताए ।

धनकुटामा आंँखा उपचारका लागि बातावरण समेत उपयुक्त भएकाले नेपाल नेत्र ज्योति संघ धनकुटाबाट संचालिन डां. राम प्रसाद पोखरेल आंँखा अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउदै धनकुटालाई आंँखा उपचारको पूर्वकै हव बनाउने लक्ष रहेको सभापति श्रेष्ठले वताए ।