२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत 

Author Uttari Morang
बुधबार, फाल्गुण ०७, २०७६
घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत 

ईश्वर थापा, धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ ।

प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई बुधबार एक जना शहीदका परिवारलाई पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको हो ।
सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईल आर्थिक सहयोग वितरण गरेेेका छन् ।

पञ्चायती शासनको विरोध गर्दा तत्कालिन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लाका १६ जना स्थानीयको हत्या गरेको थियो। हत्या भएको करिब ३८ वर्षपछि सरकारले गत २०७४ पुसमा उनीहरुलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । यस्तै गत कात्तिक २२ गते प्रदेश सरकारले राहत दिने निर्णय गरेको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले देशमा आएको संघीयताको कारणले सहिद परिवारमा आर्थिक सहयोग वितरण सम्भव भएको बताए । देशमा संघीयता नआएको भए अझै धेरै वर्ष सहिदले राहत नपाउने भन्दै मुख्यमन्त्री राईले संघीयताको विरोध होइन जोगाउन सबै लाग्नुपर्ने बताए ।