२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई

Author Uttari Morang
बिहिबार, फाल्गुण ०८, २०७६
राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई

मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक बिद्यालयले हात पारेको छ ।

तिन दिनदेखि लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उसले उपाधि चुमेको हो । यस्तै जनता नमुना माध्यमिक बिद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै माउन्ट एभरेष्ट स्कुल तृतीय भएको छ ।

विजेताहरुलाई ट्रफी मेडल प्रमाण पत्र वितरण गरीएको छ । बिजेता तथा उप विजेताहरुलाई नगरपालिकका प्रबक्ता योगेन्द्र सुवेदी, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, एथलेटिक्स, छात्र/छात्रा दुवै तर्फबाट सय मिटरको दौड, दुई सय मिटरको दौड, चार सय मिटरको दौड, ८ सय मिटरको दौड, १५ सय मिटरको दौड, ३ हजार मिटरको दौड, कपर्दी लगायतका खेल संचालन भएका थिए ।