२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

पत्रकार पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका सञ्चारकर्मीले शुरु गरे अभियान

Author Uttari Morang
बिहिबार, फाल्गुण १५, २०७६
पत्रकार पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका सञ्चारकर्मीले शुरु गरे अभियान

व्लड क्यान्सर पिडित पत्रकार कमल पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका पत्रकारहरुले पनि आर्थिक सहयोग संकलन अभियान शुरु गरेका छन् ।

नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रुपमा कार्यरत व्लड क्यान्सरबाट ग्रसित पत्रकार पौडेलको उपचारका लागि उनीहरूले अभियान शुरु गरेका हुन् । पौडेल हाल हाल काठमाडाैमा रहेकाे निजामति अस्पताल (सिभिल हस्पिटल) मा भर्ना भई उपचाररत छन् ।

बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुकाे बिहीबार  बेलबारीमा भएको भेलाले पत्रकार केशु विरहीकाे संयाेजकत्वमा
सहयोग समिति गठन गरेकाे छ ।
गठित समितिमा अम्विका भण्डारी, किशन शाही, राज पाेखरेल, विवेक मिश्र, प्रशान्त निराैला र खेमचन्द्र अधिकारी सदस्य छन् ।
व्यक्तिगत रुपमा आ-आफ्नो तर्फबाट आर्थिक सहयाेग गरिसकेकाे भए पनि पूर्वाेत्तर माेरङमा कार्यरत पत्रकारहरुकाे तर्फबाट सहयाेग जुटाउन लागिरहेकाे कमल पाैडेलको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न गठित समितिका संयाेजक विरहीले जानकारी दिए ।

पत्रकारहरुले पिडित पत्रकारको उपचारका लागि सहयोग संकलन गर्ने उद्धेश्यका साथ रकम संकलन शुरु गरेका छन । बिहिबार बिहान मात्र बेलबारी,केराबारी,लेटाङ र सुन्दरहरैचामा रहेका दुई दर्जन बढी पत्रकारहरुबाट १० हजार रकम संकलन भएको छ ।

यद्यपि पत्रकार पाैडेलकाे उपचारमा पत्रकार महासङ्घ १ प्रदेश र माेरङ शाखाले समेत उपचारमा सहयाेग जुटाईरहेकाे छ । देश बिदेशमा समेत पौडेलको उपचारमा सहयोग जुटाउन आर्थिक अभियान संचालन भइरहेकोे छ ।