२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कोरोनाको जोखिम घटाउन नेपाल स्काउटले ५० स्थानमा राख्नेभो सेनिटाइजर र हात धुने स्टेशन

Author Uttari Morang
बुधबार, चैत्र ०५, २०७६
कोरोनाको जोखिम घटाउन नेपाल स्काउटले ५० स्थानमा राख्नेभो सेनिटाइजर र हात धुने स्टेशन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी तथा जोखिम विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्र्यूलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्ने जानकारी दिएका छन् ।

भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने तरिका समेत बताउने छन् । साथै पर्चा मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिइएको छ ।

एक हप्तासम्म चल्ने यो अभियानबाट लाखौ जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने लक्ष्य लिइएको नेपाल स्काउटले जनाएको छ ।