२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

Author Uttari Morang
बुधबार, चैत्र १२, २०७६
कोरोना संक्रमित युवतीसँगै बिदेशबाट चार युवा आएको हल्ला चलेपछि आतंकित बन्यो सुन्दरहरैंचा

सुन्दरहरैंचा का ४ जना युवाहरु बिदेशबाट फर्केको र उनीहरू फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएको हल्लाले मंगलबार दिनभर खासगरी सुन्दरहरैंचा क्षेत्रमा ठुलै आतंक छायो ।

यो हल्ला जताततै छाएपनि उनीहरु को हुन् भन्ने कमैलाइ मात्रै थाहा थियोे । जताततै आतंक छाउनुको मुख्य कारण पनि यही थियो ।  यो हल्लाले जताततै पिरोलेपछि सुन्दरहरैंचा नगरपालिकाका जनप्रतिनिधिहरु सक्रिय भए । नगरपालिकाका मेयर र वडाध्यक्ष सहितका जनप्रतिनिधि सक्रिय भएपछि बिदेेशबाट चारैजनाको पत्तो लाग्यो । उनीहरू वडा नम्बर ५ का रहेेेछन् ।

उनीहरुको कागजात चेकजाँच गरियो तर हल्ला चलेजस्तो चारैजना सो प्लेनमा आएका होईन रहेछन् । बिदेशबाट आएको भएपनि उनीहरू हल्ला भएको जस्तो त्यो प्लेनमा नआएको र आएको समय नमिलेको  सुन्दरहरैंचा  ५ का वडाध्यक्ष राम रिजालले बताए  ।

मंगलबार दिउँसो मेयर शिवप्रसाद ढकाल, वडाध्यक्ष राम रिजालसहितको टोलीले उनीहरुलाई भेटेर गोठगाउँस्थित पुर्वान्चल बिश्व बिद्यालयको शिक्षण अस्पतालमा लगेर चेकजाँच गरायो ।  चेकजाँच गर्दा कुनै लक्षण पनि देखिएन ।

सुन्दरहरैंचा ५ का ४ जनामध्ये २ जना दुवइबाट र २ जना कतारबाट आएका हुन् । ती युवाहरु अंकति ढकाल, सुदीप परियार, सन्दीप विक र साने चौधरी हुन् । उनीहरुलाई कतार र दुवइबाट आउनासाथ काठमाडौंमै चोकजाँच गरिएको समेत पाइएको छ ।

चेकजाँचका क्रममा चिकित्सकले कुनै समस्या नरहेको भनेर प्रमाणपत्र समेत दिएको पाइएको वडाध्यक्ष राम रिजालले जानकारी दिए । उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा चाहिं बस्न र केही समस्या भए जानकारी गराउन भनिएको पियुका अस्पताल निर्देशक विपेश आचार्यले जानकारी दिए ।

यसअघि सुन्दरहरैंचा ५ का ४ जना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको भएकी युवतीसँगै आएको भन्दै प्रचार भएको थियो । त्यसपछि मेयर ढकाल, वडाध्यक्ष रिजालसहितको टोलीले उनीहरुलाई भेटेर अस्पतालसम्म लगेको थियो ।

युवती चढेकै जहाजमा आएका धनकुटाका युवा सेल्फ क्वारेन्टाइनमा 

त्यसैगरी कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका एक युवा झापाको दमकमा सेल्फ क्वारेनटाईनमा बसेका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे पुर्खौली घर भई हाल दमक बसाई सरेका युवक गत ४ गते कतार एयरवेजको क्यूआर ६५२ जहाजबाट काठमाण्डौं आएका थिए  ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै उनीसँगै आएकी १९ बर्षीय युवतीलाई कोरोनाको संक्रमण पुष्टि भएर अहिले आईसोलेशनमा छिन् । युवती सवार जहाजमा सँगै आएका यात्रुको खोजी गर्ने क्रममा ती युवक दमक स्थित घरमै क्वारेनटाइन बसेको पत्ता लागेको दमकका डिएसपी बिजयराज पण्डितले बताए  ।

ती युवकको राहदानीमा धनकुटा ठेगाना रहेकाले उनको धनकुटामा खोजी गरिएको थियो । नागरिकता नम्बरका आधारमा खोजी गर्दा चौबिसे घर भएको ठेगाना पत्ता लाग्यो । त्यसपश्चात चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले बुधबार गाउँमा गएर खोजी गर्दा उनको परिवार बसाईं सरिसकेको पत्ता लाग्यो।

धनकुटाबाट बसाईंं सरिसकेकाले उनी काठमाण्डौबाट सिधै दमक गएका थिए । दमक प्रहरीले सम्पर्क गर्दा उनी घरमै बसिरहेको पाइएको थियो । प्रहरीका अनुसार उनमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन र स्वास्थ्य परिक्षण पनि गरिएको छैन ।

उनीहरुसँगै जहाजमा १ सय ५८ जना सवार थिए । जसमध्ये १ सय २५ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।