२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङका शिक्षकहरुलाइ प्रविधि मैत्री भर्चुअल तालिम दिँदै शिक्षक समाज नेपाल

Author Uttari Morang
बिहिबार, बैशाख ०४, २०७७
मोरङका शिक्षकहरुलाइ प्रविधि मैत्री भर्चुअल तालिम दिँदै शिक्षक समाज नेपाल

शिक्षकहरूले दैनिक शिक्षणमा कसरी प्रविधिको प्रयोग गर्न सक्छन्  भन्ने विषयमा प्रविधिमैत्री शिक्षक समाज मोरङले भर्चुअल तालिम सञ्चालन गरेको  छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वयमा छनोट भएका १ सय बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन गरिएको हो । बिगत पाँच दिनदेखि सञ्चालन भइरहेको भर्चुअल कक्षा (तालिम) को संयोजन प्रविधिमैत्री समाज मोरङका संयोजक तथा नेल्टा प्रदेश नं. १ का महासचिव चेतनाथ निरौलाले गरेका छन् ।

जुम कनफरेन्स टुल मार्फत् सञ्चालन गरिएको तालिममा सुकुना बहुमुखी क्याम्पसका शिक्षण सहायक तथा प्रविधि तालिमका प्रदेश रोष्टर प्रशिक्षक धर्मकुमारी कालाखेती, हरि पौडेल, टीका ढकाल, लोकबहादुर लिम्बू, देवराज सापकोटा र टंक भट्टराई  प्रशिक्षण दिएका छन्  ।

तालिममा सहभागी सबै स्तरका शिक्षकका लागि मिटिङ आइडी र पासवर्ड हाललाई खुला नै राखिएको तालिम आयोजक प्रविधिमैत्री शिक्षक समाज मोरङले छ ।

शिक्षकको क्षमता स्तर र मागलाई ध्यान दिँदै सञ्चालन गरिएको अ। प्रशिक्षणका लागि प्रविधिको खास क्षेत्रमा रुचि र दक्षता हासिल भएका विशेषज्ञलाई प्राथमिकता दिने, आवश्यक परेको समयमा आफैँ सहभागी हुने, सिक्ने र सिकाउने, अनुभव आदान प्रदान गर्ने पद्धतिबाट कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

आगामी दिनमा यसलाई निरन्तरता दिने  र विद्यार्थीलाई पनि चाडै यो भर्चुअल कक्षा सञ्चालन गर्ने समाजको योजना छ ।

कोरोना महामारीको प्रकोपको समय मा विद्यालयमा हुने शिक्षा ठप्प भएको अवस्थामा प्रबिधियुक्त भर्चुअल कक्षा सञ्चालन गर्नु अति महत्त्वपूर्ण भएको  र यस्तो प्रबिधिबाट शिक्षण कार्यलाई अगाडी बढाउन सकेमा शैक्षिक गुणस्तर वृद्धि  हुने कबीर मावि बेलबारीका शिक्षक तथा प्रविधि मैत्री शिक्षक समाज नेपालका सचिवालय सदस्य छत्रपति दाहालले बताए ।