ताजा अपडेट
लकडाउनको अबधिमै मर्मत हुनथाल्यो इटहरीको ट्याङग्रा पूल
Uttari Morang
शुक्रबार, बैशाख १२, २०७७
इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ ।
पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयरबाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
लामो समयदेखि दैनिक सयौ सवारी साधन वारपार हुने पूल मर्मत नहुंँदा समस्या हुदै आएको थियो । केहि समय अघि नै टेण्डर लागिसकेको भएपनि कोरोनाको लकडाउनका कारण मर्मतको काम सुरु हुन सकेको थिएन ।




