लकडाउन अबधिको घरभाडा मिनाहा गरिदिन थाले धनकुटा र हिलेका घरधनीले
Uttari Morang
धनकुटाको धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले लकडाउन अबधिको घरभाडा मिनाहा गरिदिन थालेका छन् ।
लक डाउनका कारण व्यापार व्यावसाय बन्द भएका कारण व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनीहरुलाई घर मिनाहा गरीदिन धनकुटा उद्योग बाणिज्य संघको आग्रह बमोजिम घरभाडा छुुट दिन थालेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए । बैक लगायत सवै वित्तिय संस्थाहरुलाई पनि व्यापारी, व्यवसायी र उद्योगीहरुलाई ऋणको व्याज छुट गरी दिन हुन आग्रह गरेको उनले बताए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष ,उपाध्यक्ष सहित धनकुटा र हिलेबजारका एक दर्जन भन्दा बढी घर धनीहरुले घर भाडा मिनाहा गरि दिएका छन् ।
घरभाडा छुट दिनेहरूमा धनकुटा नगरपालिका वडा नं. ६ का पूर्ण कृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री र धनकुटा हिलेकै निर वहादुर गोङ्देन, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राई, संघका उपाध्यक्ष खगेन्द्र विष्ट, हिले बजारका थाम वहादुर लिम्बु र हेम कुमारी लिम्बु लगायत छन् ।






