२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

ग्रहणबारेको अन्धबिश्वास तोड्दै पुर्वका युवा बैज्ञानिकहरु, पुर्वमै आविष्कार केन्द्र खोल्ने योजना

Author Uttari Morang
सोमबार, आषाढ ०८, २०७७
ग्रहणबारेको अन्धबिश्वास तोड्दै पुर्वका युवा बैज्ञानिकहरु, पुर्वमै आविष्कार केन्द्र खोल्ने योजना

केशु विरही, बेलबारी, माेरङ/ सुर्य ग्रहण र चन्द्र ग्रहणबारे अन्धधबिश्वाश र भ्रम चिर्ने उद्देश्यले साइन्स टिचर्स एशोसिएसन अफ नेपाल (स्टान) को १ नम्बर प्रदेश समितिले आइतबार सुरक्षित सुर्य ग्रहण अबलोकन सहितको सचेतनामुलक कार्यक्रम गरेको छ । 

बिज्ञानले सूर्य चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आईपुग्दा एउटा पिण्डले सूर्यकाे प्रकाशमा अवराेध हुँदा हुने प्रकृया नै ग्रहण हाे भन्ने तथ्य प्रमाणित गरिसकेकाे भए पनि समाज अझै पनि अन्धबिश्वास्मा रहेको अबस्थामा अन्धबिश्वास र भ्रम चिर्ने उद्देश्यले विज्ञान शिक्षकहरुकाे संस्थाले  सो कार्यक्रम गरेको हो ।

कोरोना महामारीको जोखिमलाई समेत मध्यनजर गर्दै ग्लोबस, मार्क्स र सेनिटाइजरको प्रयोग गरी सुरक्षित रुपमा मोरङको गोदावरी बिद्या मन्दिरमा  सुर्य ग्रहण अवलोकन कार्यक्रम गरेको हो । स्टान का प्रदेश १ संयोजक अभय लिम्बुको अध्यक्षतामा र प्रदेश सांसद माननीय राजकुमार ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एशोसिएसनका केन्द्रीय सुचना बिभाग प्रमुख डम्बरुप्रसाद पोखरेल, प्रदेश सह संयोजक विश्वराज गौतम र बेलबारी ईलाका प्रहरी कार्यालयका सहि महेन्द्र पराजुली लगायतको आतिथ्यता थियो । कार्यक्रममा बिज्ञान बिषयका क्षिक्षक लगायत विभिन्न संंघ संस्थाका प्रतिनिधि, विद्यार्थी र संचारकर्मीहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै सांसद ओझाले युवा बैज्ञानिकहरुले  एकजुट भई संस्थागत रुपमा खोज, आविष्कार र अनुसन्धानमा लागेमा यस क्षेत्रको बिकास र उन्नतिको निम्ति राज्यको तर्फबाट लगानी गर्न आफुले पहल गर्ने बताए ।

युवा वैज्ञानिकहरुको निम्ति अनुसन्धान एवम् आविष्कार केन्द्रको माग आफुले प्रदेश सभामा समेत राखेको र सोही मागलाई मध्यनजर गर्दै प्रदेश सरकारको यस बर्ष प्रस्तुत नीति तथा कार्यक्रममा उक्त विषय समेत परेको जानकारी दिए ।

स्टानकान प्रदेश न. १ का संयाेजक अभय लिम्बूले अाफूहरु हरेक विद्यालयमा नभए पनि जिल्लामा कम्तिमा एउटा आविस्कार केन्द्रकाे स्थापना गर्ने गरी अघि वढेकाे बताए ।

लामाे समयसम्म विज्ञान विषयकाे शिक्षण गरेर हालसालै निवृत जीवन विताईरहेका शिक्षक फणिन्द्र निराैलाले याे कार्यक्रमले ग्रहणबारे भ्रम चिर्ने काम गरेकाे बताए ।