२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम

Author Uttari Morang
आइतबार, साउन ०४, २०७७
मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम

थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ।

संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो ।

लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा आफ्नो सीपलाई कलात्मक ढंगले उतार्दै ४४ जनाले भिडियो मार्फत आफ्ना प्रतिभा  प्रस्तुत गरेका थिए।

प्रतियोगितामा सुमित्रा चौधरी प्रथम, रश्मी चौधरी द्धितिय र  खुर्की चौधरी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम  हुनेले १५ हजार , द्धितियले १० हजार र तृतीय हुनेले ५ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् । थारु आर्ट प्रतियोगिताको शनिबार बिजयी हुनेलाई नगद र प्रमाण पत्रले पुरस्कृत गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल सहभागीलाई समेत जनही ४ हजार नगद पुरस्कार बितरण गरिएको छ ।

बिराटनगरमा भएको कार्यक्रममा प्रदेश सांसद चुमनारायण तबदार प्रमुख अतिथि थिए । प्रतियोगिताको लागि ८ जनाको निर्णायक मण्डल रहेको थियो ।

प्रतियोगिताले थारु सस्कृतिको जगेर्ना गर्न र थारु समुदायका महिलालाई अगाडी बढ्न मदत पुगेको थारु कला केन्द्रका सल्लाहकार सुची चौधरीले बताइन् ।

थारु कला केन्द्रले यस भन्दा अघि नोबेल मिस्टर एण्ड मिस थारु आइकन, थारु संकृतिसँग सम्बन्धित पौराणिक लोपोन्मुख समाग्री निर्माण तथा संरक्षण कार्यक्रम लगायत विभिन्न तालिम र समाजमा चेतना मुलक कार्यक्रम गर्दै आएको छ ।