२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नोबेलले थाल्यो टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको पनि शल्यक्रिया

Author Uttari Morang
बुधबार, साउन १४, २०७७
नोबेलले थाल्यो टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको पनि शल्यक्रिया

नोबेल हस्पिटलमा टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको शल्यक्रिया पनि सुरु भएको छ ।

बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो ।

भारतको एम्स दिल्लीबाट टाउको तथा गर्धन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा. ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा. ठाकुर टाउको तथा गर्धन सम्बन्धि क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक हुन् । गुणस्तरीय उपचार सेवाका लागि बिशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रिया थालिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

मुख, थाईराईड, स्वासनली, नाकको साईनस, टाउको, र्याल ग्रन्थी, कान लगायत टाउको तथा गर्धन सम्बन्धि सबै क्यान्सरको शल्यक्रिया थालिएको डा.ठाकुरले जानकारी दिए । ‘नोबेलमा टाउको तथा गर्धन सम्बन्धि सबै किसिमका क्यान्सरको शल्यक्रिया थालेका छौ ।’ डा. ठाकुरले भने–‘म टाउको तथा गर्धन सम्बन्धि क्यान्सरमा एमसीएच गर्ने नेपालको पहिलो सर्जन पनि भएकाले मुलुककै उत्कृष्ट सेवा दिने हिसावले लागेका छौं ।’

नोबेलले सेवामा स्तरीयता बढाउनका लागि बिशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरण थप्ने क्रमलाई तिब्रता दिएको छ । सेवा थप गर्दै आएको नोबेलले केही समय अघिदेखि स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि शल्यक्रिया थालेको छ ।