२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण

Author Uttari Morang
सोमबार, साउन १९, २०७७
“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण

अअयसपालीको तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको बेला गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा  सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी) सन्तोष भुजेलले गरेका हुन् भने म्युजिक भिडियोको छायांकन सन्जित श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बिजेस पौडेलले गरेका छन् । गीत गायक चापागाईँ स्वयंले लेखेका हुन् ।

निर्देशक पौडेलले  कोरोना भाइरस संक्रमणबाट बच्न घरमै बसेर तीज मनाउन सन्देश दिने गरी म्युजिक भिडियो तयार गरेको बताए ।

उक्त गीत यूट्बमा  र टेलिभिजन दुवै माध्यमबाट प्रसारण भइरहेको पौडेलले जानकारी दिए । तीजका अबसरमा बजारमा आइरहेका म्युजिक भिडियोहरु भन्दा आफ्नो  गीत फरक रहेको पौडेलको दावी छ ।