२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

Author Uttari Morang
आइतबार, साउन २५, २०७७
कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा  दिन थालेको छ ।

अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको अवस्था वुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको डा. शर्माले वताए  । होम आइसोलेसनमा वस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरु वताइसकिएको छ ।

इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकाहरुलाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै वस्न मिल्ने ब्यवस्था गरिएको छ ।

होम आइसोलेशनमा रहेका लक्षणरहित संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले वताए ।

संक्रमितहरुलाई मोवाइल न. ९८५२०७३२४८ वाट्स अप वा भाइवर कल मार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले वताए ।

हालसम्म इटहरी क्षेत्रमा कोभिड १९ संक्रमितको संख्या २८ जना पुगेको छ । ती मध्ये १४ निको भएर घर फर्किएका छन । आठ जनाको आइसोलेसन अस्पतालहरुमा उपचार भइरहेको छ ।