२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नोबेलमा ओपीडीको सट्टा आकस्मिक कक्षबाट उपचार गरिंदै, अस्पताललाई गरियो ‘सेनिटाइज’

Author Uttari Morang
बिहिबार, साउन २९, २०७७
नोबेलमा ओपीडीको सट्टा आकस्मिक कक्षबाट उपचार गरिंदै, अस्पताललाई गरियो ‘सेनिटाइज’

कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ ।         अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो ।

बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अस्पताल अगाडी हात धुने र सेनिटाईजर लगाउने व्यवस्था पनि मिलाईएको छ ।

बिराटनगर आसपास क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि नोबेलले गत आईतबारबाट ओपीडी बन्द गरेर आकस्मिक कक्षबाट उपचार सेवा प्रदान गर्दै आएको छ ।