२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय

Author Uttari Morang
बिहिबार, भाद्र १८, २०७७
काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् ।                                                            डा. शर्माले अस्पतालको शेयर खरिद गरीी नेतृत्व सम्हाल्नेे लगत्तै काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परिक्षण शूल्क पनि हटाउने निर्णय लिएको छ । बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पताल अध्यक्ष डा. शर्माले जानकारी दिए ।  यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिदै आएको अस्पतालले बिहिबारबाट लागु हुनेगरी ओपीडी निःशुल्क गरेको हो ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट अस्पताल सेवा सञ्चालन भईरहेकामा दुबै स्थानमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम रहनेछ । सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी आउने गरेका छन् । कोरोनाका कारण अहिले भने दैनिक करिब २ सय बिरामीको उपचार हुँदै आएको अस्पतालले जनाएको छ ।