मनकारी रैछन् धनकुटाका घरधनीहरु, ३ सय २४ जनाले गरे घरभाडा मिनाहा
Uttari Morang
लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै हालसम्म धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट दिएका छन् ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका छन् । विज्ञप्तीमा कोरोना भाईरस (कोभिड १९ ) फैलन नदिई नियन्त्रण गर्नका लागी सकारले लामो समयसम्म लगाएको लक डाउनका कारण उद्योग,व्यापार,व्यावसाय बन्द हुदा चरम आर्थिक सकंटको मारमा परीरहेका उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा छुट गरी महत्वपूर्ण सहयोग गरी दु ख मा गुन लगाएको उल्लेख छ ।
धनकुटा जिल्लाभरीका ३ सय २४ जना मनकारी आदरणीय घर धनीहरुले घर भाडा र धनकुटा नगरपालिका, धनकुटा अस्पताल, त्रिवेणी मावि धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, समाज कल्याण संस्था धनकुटा, नेपाल निर्माण व्यावसायी संघ धनकुटा लगायतका संस्थाहरुले व्यापारी भवनहरुको भाडा र सटरहरुको भाडा छुट गरी संकटको यो पिडाको घडीमा व्यापारी तथा व्यावसायीहरुलाई राहत दिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
धनकुटा जिल्लाभरी घर भाडा छुट गर्नु हुने घरधनीहरु र सरकारी तथा गैरसकारी कार्यालय तथा संघ संस्थाहरुले २ महिना देखी ५ महिना सम्मको भाडा छुट गरी सहयोग गरेका छन् ।
महाविपत र दुखमा घर भाडा छुट गरी अतुलनिय सहयोग गर्नु हुने घर धनीहरुलाई र सरकारी तथा गैरसरकारी संघ संस्था कार्यालयहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको र सम्मान गर्न बाकी सवैलाई विशेष समारोहका विच सम्मान गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
घर धनी महानुभावहरुलाई पनि सो संकटको समयमा उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई आफुले सक्ने गरी घर भाडा छुट गरी महत्वपूर्ण सहयोग गरी राहत उपलब्ध गराई दिन हुन संघले अपिल गरेको छ ।य






