२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

अनलाइनबाट अर्डर लिएर सिन्धुलीका जुनार बेेेच्दै हिलटप सहकारी

Author Uttari Morang
बिहिबार, मंसिर ११, २०७७
अनलाइनबाट अर्डर लिएर सिन्धुलीका जुनार बेेेच्दै हिलटप सहकारी

अनलाइन मार्फत अर्डर लिएर सिन्धुलीका जुनार काठममाडाैंका घरघर पुर्याइने भएकाे छ ।

तीनकुनेस्थित हिलटप बहुउद्देश्यीय सहकारी र संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडका रसिला जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हाे । हिलटपकाे केन्द्रीय कार्यालयमा रहेकाे सहकारी पसलबाट जुनार बिक्री गर्ने छ ।

सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नुपर्ने छ। न्युनतम १० किलाे अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याउने छ ।

सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।