२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

शहिद प्रकाश थापा प्रथम स्मृति कपको उपाधी सभापोखरीलाई

Author Uttari Morang
शुक्रबार, पुष १०, २०७७
शहिद प्रकाश थापा प्रथम स्मृति कपको उपाधी सभापोखरीलाई

धनकुटाको सहिदभूमी गाउपालिकाको घंगरुमा जनउत्थान सामुदिायक क्लव सहिदभूमी १ घंगरुले संचालगरेको सहिद प्रकाश थापा प्रथम स्मृति कप संखुवासभाो सभा पोखरीले आज चुमेको छ ।
संखुवासभाको सभा पोखरी र धनकुटाको डाडाबजार विच वष्टप फाईपमा खेलाईएको फाईनल खेलमा धनकुटाको डाडाबजारले दुई गेम र संखुवासभाको सभापोखरीले तिन गेम जित्दै सहिद प्रकाश थापा प्रथम स्मृति कप चुम्न सफल भएको हो ।
विजेता संखुवासभाको सभापोखरीलाई ४० हजार रुपैया नगद र उपविजेता धनकुटाको डाडाबजारलाई २० हजार रुपैया नगद,कप,प्रमाण पत्र मेडल पूर्व मन्त्री सुनिल वहादुर थापा,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य लिला सुब्बा,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वडा नं. १ वडाध्यक्ष अशोक राई,तरुण दल धनकुटका अध्यक्ष दिनेश राई, सहिद प्रकाश स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक गोपी थापा,संरक्षक ओम कुमारी थापा,संरक्षक शान्ति थापा वस्नेत,क्लवका अध्यक्ष अर्जुन थापा लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
सो अवसरमा सहिद प्रकाश थापा स्मृती प्रतिष्ठानको तर्फबाट सहिद भूमी गाउपालिका वडा नं. १ का १८ जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने खानेपानी समस्या भएको स्थानमा खानेपानीको पाईप प्रतिष्ठानका प्रमुख संरक्षक गोपी थापाले वितरण गर्नु भएको थियो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री सुनिल वहादुर थापा,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य लिला सुब्बा,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,यूवा समाजसेवी प्रताव थापा लगायत खेलकुदको माध्यमबाट विश्व सामु नेपालको पहिचान स्थापित गर्न सकिने वताउनु भयो ।
जनउत्थान सामुदिायक क्लव सहिदभूमी १ घंगरुका अध्यक्ष अर्जुन थापाको अध्यक्षमा भएको भलिवल खेल प्रतियोगिताको समान कार्यक्रमको संचालन यूवा समाजसेवी रमेश राईले गर्नु भएको थियो भने स्वागत मन्तव्य सहिद प्रकाश थापा स्मृती प्रतिष्ठानका अध्यक्ष टंक थापाले गर्नु भएको थियो । भलिवल प्रतियोगितामा धनकुटा,संखुवासभा,भोजपुर,तेह्थुमका गरी जम्मा ४ टिमले भाग लिएका थिए ।
नेपाल प्रहरीमा कार्यरत प्रकाश थापाको कर्तव्य पालनको शिलशिलमा २०५७ साल मंसिर १४ गते विरगती प्राप्त गर्नु भएको थियो । उहाहरुलाई २०७४ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको थियो ।
पूर्व मन्त्री सुनिल वहादुर थापाले आजै सूर्य वहादुर प्रतिष्ठानद्धारा सहिदभूमी गाउपालिका वडा नं. १ को लागी प्रदान गरिएको एम्बुलेन्सको चावी वडाध्यक्ष अशोक राईलाई प्रदान गर्नु भयो भने सोही स्थानमा शहिद प्रकाश थापा स्मती प्रतिष्ठानलाई तिन वटा कम्प्युटर र एक थान प्रिन्टर आई टी सेन्टर संचालन गर्नका लागी प्रमुख संरक्षक गोपी थापालाई प्रदान गर्दै आई टी सेन्टरको उदेघाटन गर्नु भयो ।