२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

पुर्व गाविस अध्यक्षसहित धनकुटा चुङमाङका १ सय २७ जना बने कांग्रेस

Author Uttari Morang
बुधबार, पुष १५, २०७७
पुर्व गाविस अध्यक्षसहित धनकुटा चुङमाङका १ सय २७ जना बने कांग्रेस

‍धनकुटाको चुङवाङ्गमा पुर्व गाविस अध्यक्षसहित १ सय २७ जना ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

पुर्व गाबिस अध्यक्ष नारायण प्रसाद पौडेलसहित नेकपा ,राप्रपा तथा जनता समााजवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा सुवास राई, चोलेन्द्र गिरि, रमेश भण्डारी, मिलन राई प्रकाश खड्का, होम वहादुर राई, घनश्याम राई, अम्विका राई, प्रेम राई, तेज वहादुर राई, सुदिप राई, टंक राई, कृष्ण कुमारी राई, चन्द्रकला वास्कोटा, भरत गिरि, दिल कुमारी राई , होम कुमार राई, जुनी राई, रमेश राई, गिता राई, यम कुमार राई, सन्तोष गिरि, सुस्मिता राई, रेमन्त राई, विक्रम वास्कोटा, पदम राई लगायत १ सय २७ जना रहेकोे भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राइले बताए  ।
नेपाली कांग्रेस  चुङवाङ्ग धनकुटाको आयोजनामा भएको पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा नेकपा, जनता समाजवादी पार्टी र राप्रपा परित्यागरी नेपाली कांग्रेसमा  प्रवेश  गर्नेहरुलाई सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला समापति अग्नी प्रसाद पौडेल, केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, जिल्ला उपसभापाति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले टिका माला लगाई दिएका थिए ।
उक्त सभामा नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापाले संविधानको रक्षाका  लागी नेपाली कांग्रेसले अव अभियान संचालन गर्ने वताए ।

नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले लोकतन्त्र माथि प्रहार गर्नेहरुको विरुद्ध कांग्रेसले सशक्त ढंगले प्रतिरोध गर्ने वताए । प्रदेश सभा सदस्य लिला सुब्बाले वर्तमान सरकार संघियताको मर्म र भावना अनुरुप चल्लन नसकेको वताइन् ।                                                          नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,नेपाली कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली,पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सह सचिव सिता प्रधान, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,  सुमना तिम्सिना, जयन्द्र घिसिङ्ग,नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत, आदिवासी जनजाती संघका जिल्ला उपाध्यक्ष मिना राई, नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारी, युवा नेता कृष्ण थापा लगायतले  लोकतन्त्र र संविधानको पूर्ण रक्षाका लागी कांग्रेस सक्षम रहेको वताए ।