२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाले सञ्चालनमा ल्यायो शव वाहन पनि

Author Uttari Morang
बिहिबार, माघ ०८, २०७७
बेलबारी नगरपालिकाले सञ्चालनमा ल्यायो शव वाहन पनि

‍‍‍मोरङको बेलबारी नगरपालिकाले बीस  लाखभन्दा बढी खर्चेर शव वाहन सञ्चालनमा ल्याएको छ ।
यसअघि बारुणयन्त्र  सञ्चालन गर्दै आएकोले नगरपालिकाले प्र.१- ०२-००१- झ ०७२१ नम्बरको शव  बाहन पनि  सञ्चालनमा ल्याएको हो । ‘घरदेखि घाटसम्म’ भन्ने नारासहित संचालन भएको शव बाहनले शब बोके बापत पैसा लाग्दैन ।

शव वाहन चालक रअन्य कर्मचारी र उनीहरूलाई तलव भत्ताको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।  शव बोक्दाको सबै खर्च नगरपालिकाले नै बेहोर्ने बेलबारी नगरपालिका ३ का वडाध्यक्ष तथा नगरपालिका प्रबक्ता योगेन्द्र सुवेदीले बताए ।                     शब वाहन आवश्यक परे ०२१-४३४२१३ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । शव बाहन सञ्चालनपछि अब नगरबासीहरुले अत्याबश्यक सेवाका लागि छिमेकी पालिकासँग गुहार माग्नुपर्ने बाध्यता हटेको छ ।                         अन्य संघ संस्थाले सब बाहनबाट शवलाई घाट सम्म पु¥याए बापत आठ दस हजार रुपैयाँसम्म पैसा लिने गरेका छन् ।
त्यसो त धेरै बर्षअघि तत्कालीन बेलबारी गाविसले एम्बुलेन्स समेत खरिद गरेको थियो । तर दुर्घटनामा परी क्षतबिक्षत भएपछि  थला परेेको एम्बुलेन्स हालसम्म पनि बेलबारी नगरपालिका परिसरमै कवाडी बनेर थन्किएको छ ।