२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कार्यकर्तालाइ स्वरोजगार बनाउन ‘गरीखाने अभियान’ चलाउन खोज्दै धनकुटा कांग्रेस

Author Uttari Morang
शनिबार, फाल्गुण ०८, २०७७
कार्यकर्तालाइ स्वरोजगार बनाउन ‘गरीखाने अभियान’ चलाउन खोज्दै धनकुटा कांग्रेस

नेपाली कांग्रेसले पार्टीका सवै नेता तथा कार्यकताहरुलाई उद्योग, व्यापार वा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा ‘गरीखाने अभियान’ संचालन गर्ने भएको छ ।

धनकुटामा संचालन गरिने गरीखाने अभियानका लागि नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष १ नम्वर प्रदेश समितिका सदस्य दिनेश राई र नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्बिका धमलालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

गरीखाने अभियान संचालनका लागि अभिमुुुखीकरण कार्यक्रम गरिसकिएको छ । गरीखाने अभियानको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापा, पूर्व मन्त्री तथा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नम्वर प्रदेश संयोजक नेपाली कांग्रेसका नेता दिपक खड्का, संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सभा सदस्य सांसद लिला सुब्बा, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई लगायतको पनि उपस्थिति थियो । उनीहरूले व्यवसाय र राजनितिसंग संगै अगाडी बढाए मात्र दिगो राजनिति गर्न सकिने भएकोले गरीखाने कार्यक्रम राजनिति गर्नेहरुका लागि ठूलो अवसर भएको वताए ।

लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नम्वर प्रदेशका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईको अध्यक्षतमा भएको गरीखाने अभियान कार्यक्रमको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा गरीखाने कार्यक्रमका सि ओ राजु नेपाल, राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द्र पोखरेलले सहभागीहरुलाई अभियानको वारेमा प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला समिति, क्षेत्रिय समिति, पालिका समिति, वडा समितिका पदाधिकारीहरु, सदस्यहरु र भातृ तथा सुभेच्छुक संस्थाहरुका पदाधिकारीहरु तथा व्यावसायीहरुको पनि सहभागीता थियो ।

कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाले सवै कांग्रेसलाई उद्यमी र व्यवसायी बनाउनका लागि गरीखाने अभियान संचालन गर्न लागिएको बताए । कांग्रेसका सवै नेता तथा कार्यकताहरुलाई उद्योग,व्यापार तथा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा खरीखाने कार्यक्रम संचालन गरिने कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।  धनकुटामा गरीखाने कार्यक्रम अत्यन्तै लोकप्रिय बन्ने सहभागी कांग्रेसजनहरुले वताएका छन् ।