२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग

Author Uttari Morang
शनिबार, चैत्र ०७, २०७७
आगलागीले घर खरानी भएको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघको सहयोग

‍आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भै त्रिपालमा जिवन वताई रहेका धनकुटा नगरपालिका वडा नं. ६ का आगलागी पीडितका परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले राहत सामग्री वितरण गरेको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ का ८६ बर्षीय बुद्ध धन वहादुर ब्लोन तामाङ्गको परिवारलाई धनकुटा उद्योग बाणिज्य संघलेे राहत सामग्री दिएको हो ।

८६ बर्षिय बुद्ध तामाङ्गको हालै आगलागी भै घर पूर्ण रुपमा ध्वस्त हुँदा घर भित्र रहेका लत्ता कपडा,भाँडा बर्तन, धन सम्पत्ति जलेर नष्ट भएको थियो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य लिजा श्रेष्ठ, कार्यालय सचिव सिचन प्रधान लगायतले आगलागी पीडितलाई  दैनिक उपभोग्य समाग्री बितरण गरेेे ।

धनकुटा उद्योग बाणिज्य संघले हालसम्म दैवि प्रकोपका घट्नाहरुमा परी पीडित भएका धनकुटा जिल्लाका १ सय ४ जना पिडित व्यावसायी तथा सर्वसाधारण परिवारहरुलाई दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।