धनकुटाको एक उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति, उबासंघद्धारा सहयोगको अपिल
Uttari Morang
धनकुटा नगरपालिका वडा नं. ७ स्थित बहुमुखी पाठशाला उद्योगमा सोमबार विहान भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ ।
धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा सोमबार विहान २ बजे तिर आगलागी हुँदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन, साउण्ड सिष्टमका समाग्रीहरु, हेचरी मिसिन, सवै जात जातीका पोशाकहरु तथा बाजा गाजाहरु लगायत उद्योगमा रहेका सम्पूर्ण समाग्रीहरु जलेर नष्ट हुँदा ५० लाख रुपैया वरावरको क्षती भएको संचालक सोभित श्रेष्ठले वताए ।
धनकुटा उद्योग बाणिज्य संघका सदस्य सरोज भूजेल र सोभित श्रेष्ठले सो उद्योग संचालन गरेका थिए । बहुमुखी पाठशालामा मेसिनबाट टपरी उत्पादन, साउण्ड सिस्टम, विभिन्न आदिवासी जनजातीहरुको पोशाक, बाजा गाजाहरु राखी डान्स प्रशिक्षण लगायत विभिन्न सिप मुलुक तालिमहरु संचालन हुँदै आएको थियो ।
आगलागीबाट क्षती भएको उद्योगको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतको टोलीले अबलोकन गरी सवै संघ संस्थाहरु, कार्यालयहरु, स्थानीय तहहरु र सवै उद्योगी व्यपारी तथा व्यावसायीहरुलाई सक्दो सहयोग गर्न अपिल गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले हालसम्म दैवी प्रकोपमा परी पीडित भएका धनकुटा उद्योगी व्यापारी तथा सर्वसाधरणहरु गरी जम्मा ११४ जनालाई राहत प्रदान तथा सहयोग गरेको अध्यक्ष विजय सन्तोषी राइले बताए ।






