२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सधैंभरी काम गर्दा नि खानै नपुग्ने किसानको पिडा लिएर आए सुबिन

Author Uttari Morang
बुधबार, चैत्र ११, २०७७
सधैंभरी काम गर्दा नि खानै नपुग्ने किसानको पिडा लिएर आए सुबिन

गाउँले जीवनको परिबेश र एउटा किसानको दैनिकीलाई समेटिएको
“चैतै मास” बोलको गीत सार्वजनिक भएको छ ।

‍कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको प्रस्तुती “चैतै मास” बजारमा आएको हो । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ ।

यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । बर्षभरी काम गरेर ६ महिना पनि खान नपुग्ने एउटा किसानको दैनिकीलाई समेटिएको यो भिडियोमा सुबिनको मार्मिक अभिनय समेत देख्न सकिन्छ । विगतसँग वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका सेञ्चुरीको प्रस्तुती यथार्थपरक छ ।