ताजा अपडेट
अब चाहिँ सुल्झिएला कि जस्तो छ इटहरीका निजी कलेजहरुको शुल्क बिवाद
Uttari Morang
बुधबार, चैत्र ११, २०७७
नीजि कलेजहरुले कोरोना महामारीको समयको समेत शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि इटहरी उपमहानगर पालिकाले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
इटहरी उपमहानगर वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन वुझाएको हो ।
विभिन्न सरोकारवालाहरुसँग छलफल गरेर सुझाव समेत लिई प्रतिवेदन बनाएर वुझाइएको संयोजक भटटराईले वताए ।
समयमै प्रतिवेदन वुझाएकोमा कार्यदललाई धन्यवाद दिँदै नगर प्रमुख चौधरीले नगरशिक्षा समितिको वैठक वसेर सुझाव माथि छलफल गरिने बताए ।
इटहरीका संस्थागत विद्यालयहरुको कक्षा ११ र १२ को शूल्क सम्वन्धि समस्या समाधानका लागि सुझाव दिन ८ गते वसेको नगरशिक्षा समितिको वैठकले कार्यदल वनाएको थियो ।






