२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

केराबारीस्थित खदम खोलामा बन्न थाल्यो मोटरेबल पक्की पुल

Author Uttari Morang
मंगलबार, चैत्र १७, २०७७
केराबारीस्थित खदम खोलामा बन्न थाल्यो मोटरेबल पक्की पुल

‍राष्ट्रिय गौरवको आयोजना भनिएको मदन भण्डारी राजमार्ग अन्तरगत मोरङको केराबारीस्थित खदम खोलामा बन्ने मोटरेबल पक्की पुल निर्माणको काम शुरु भएको छ ।

राजमार्ग र पुल कहाँनेर बनाउने भन्ने लामो समयदेखिको बिवाद छिनोफानो भएसँगै केराबारी बजारको सिधै पश्चिमपट्टि पुल निर्माणको काम शुरु भएको हो ।

केराबारी बजारको ठिक पश्चिमपट्टी बन्ने पुल ४ सय मिटर लामो हुनेछ । साढे सात मिटर चौडाइको पुलमा र दुवैतिर मानिस हिड्ने फुटपाथ समेत रहनेछ । पुल निर्माणको ठेक्का शर्मा एण्ड कम्पनी प्रा.लि. ले पाएको छ । भ्याटसहित ६४ करोडमा सो कम्पनीले ठेक्का पाएको हो ।

मदन भण्डारी राजमार्ग अन्तरगत धरानदेखि पश्चिमतर्फ धेरै पुलहरु बनिसकेका छन् । त्यस बाहेक चिसाङ, मावा लगायतका खोलामा पनि पुल निर्माण भइसकेको छ । मदन भण्डारी राजमार्गमा अब ३२ वटा पुल बन्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि खदम खोला सहित मदन भण्डारी राजमार्गका ३२ ओटा पुलको दमकबाट एकैसाथ  शिलान्यास गरेका थिए।

पुल निर्माणपछि उत्तरी मोरङका साथै केराबारी बजार र डाँगी, मुगु, याङ्गशिलाका साथै धरान आवतजावत गर्न समेत सहज हुनेछ ।