२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नोबेलमा सफलतापूर्वक गरियो घाँटीमा भएको क्यान्सरको जटिल शल्यक्रिया

Author Uttari Morang
बिहिबार, बैशाख ०२, २०७८
नोबेलमा सफलतापूर्वक गरियो घाँटीमा भएको क्यान्सरको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा घाँटीको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

सुनसरीको हरीनगर गाउँपालिका–५ का सफिद मियाँको घाँटीको ‘भ्वाइस बक्स’ मा भएको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

६२ बर्षीय मियाँको घाँटीको आवाज निकाल्ने नलीमा क्यान्सर भई चौथो अर्थात अन्तिम चरणमा पुगेको क्यान्सरको सफल शल्यक्रिया गरिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले जानकारी दिए ।

‘क्यान्सर बढ्दै गएर फोर्थ अर्थात लास्ट स्टेज पुगिसकेको हुनाले घाँटीको छाला पनि धेरै इन्भल्बमेन्ट भइसकेको थियो । फोर्थ स्टेज क्यान्सरको अप्रेशन आफैमा जटिल त छदै थियो । क्यान्सर भएको भागलाई फालेर त्यसलाई कसरी रिकन्ट्रक्सन गर्ने भन्ने पनि चुनौति थियो,’ डा.ठाकुरले भने ‘हामीले सर्जरी गरेर क्यान्सर भएको भ्वाइस बक्ससहित क्यान्सर फैलिएको घाँटीको भागलाई निकाल्यौ, अनि छातीबाट मासु ल्याएर रिकन्ट्रक्सन गरेका छौं ।’

मियाँलाई एक बर्षअघिदेखि घाँटीमा मासु पलाएर समस्या सुरु भएको थियो । स्वर फरक हुने, श्वासप्रश्वासमा समस्या हुने र खाना निल्न गाह्रो हुने समस्या बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लाग्यो । क्यान्सर बढ्दै गएर अन्तिम चरणमा पुगिसकेको अवस्थामा नोबेलमा मियाँको अप्रेशन गरिएको हो ।

शल्यक्रिया सफल भएपछि विरामी र विरामीका आफन्त हर्षित छन् । क्यान्सर अन्तिम स्टेजमा पुगेर वुवालाई माया मार्नुपर्ने अवस्था भईसकेको भएपनि अप्रेशन सफल भएर स्वास्थ्यमा सुधार आएको भन्दै उनका छोरा जमिल अन्सारीले खुशी व्यक्त गरे ।

अप्रेशनपछि स्वास्थ्यमा सुधार आएकाले उनी अहिले अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।