२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

धनकुटाको पाख्रिबासमा शुरु भो नेपालकै ठूलो कफी खेती

Author Uttari Morang
बुधबार, बैशाख ०८, २०७८
धनकुटाको पाख्रिबासमा शुरु भो नेपालकै ठूलो कफी खेती

पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायिक कफी खेती शुरु गरिएको छ ।

नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिएको छ ।

नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा यसको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट खेती शुरु गरेको हो ।

नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी  शुरु गरेको छ ।

५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्षका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिने छन् ।

१ हजार ४४ दशमलप २९ किमि क्षेत्रफल रहेको पालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने नगरपालिकाका मेयर बिर्खबहादुर राईले जानकारी दिनुभयो ।

नगरपालिकाले आबश्यक नीति बनाएर नगर भित्र र सार्वजनिक रुपमा बिरुवा बितरण तथा बिक्री गर्ने मेयर राईले जानकारी दिनुभयो ।
त्यसो त पाख्रीबासको मुगामा पनि केही बर्षयता कफी खेती हुँदै आएको छ ।