२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

‍एमबीबीएस अन्तिम बर्षमा नोबेलले ल्यायो देशकै उत्कृष्ट नतिजा

Author Uttari Morang
मंगलबार, बैशाख १४, २०७८
‍एमबीबीएस अन्तिम बर्षमा नोबेलले ल्यायो देशकै उत्कृष्ट नतिजा

विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ ।

सन् २०१५ मा नोबेलमा एमबीबीएस भर्ना भएका विद्यार्थीले सत प्रतिशत नतिजा ल्याएका हुन् । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलको १० औं ब्याचका सबै विद्यार्थी उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलको १० औं ब्याचका ४८ जना विद्यार्थी एमबीबीएस अन्तिम बर्षको परीक्षामा सहभागि भएका थिए । सहभागी सबै विद्यार्थी उत्रीर्ण भएका छन्,’ डा.शर्माले भने,‘एमबीबीएसमा यस्तो सत प्रतिशत रिजल्ट आउन निकै गाह्रो हो । यस पटक देशकै उत्कृष्ट नतिजा हाम्रो आएको छ ।’

यता, काठमाडौं विश्वविद्यालयका परीक्षा नियन्त्रक पन्ना थापाले एमबीबीएसमा सरदर ६५ देखि ७५ प्रतिशत मात्र रिजल्ट आउने गरेको भन्दै सत प्रतिशत रिजल्ट विरलै मात्र आउने गरेको बताए ।

 

यसअघि गत माघ महिनामा प्रकाशित बिएस्सी नर्सिङ्ग चौथो बर्षको नतिजामा पनि नोबेलका सत प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए । त्यसअघि नोबेलले बीडीएस प्रथम र दोस्रो बर्षमा पनि सत प्रतिशत नतिजा ल्याएको थियो ।

नोबेलको एमबीबीएस दोस्रो ब्याचका कमल आचार्य र तेस्रो ब्याचका ज्योती विद्यानले ‘केयू टप’ समेत गरेका थिए ।

चिकित्सा शिक्षाका लागि नेपालसहित छिमेकी मूलुकका विद्यार्थीको समेत रोजाइमा पर्ने गरेको नोबेलले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।