२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पूर्वी पहाडी जिल्लाका लागि बरदान साबित हुँदै धनकुटामा स्थापित अक्सिजन प्लान्ट

Author Uttari Morang
आइतबार, जेठ ०९, २०७८
पूर्वी पहाडी जिल्लाका लागि बरदान साबित हुँदै धनकुटामा स्थापित अक्सिजन प्लान्ट

‍  दुई बर्षअघि धनकुटा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताको लागि हाल  बरदान सावित भएको छ ।

धनकुटा अस्पताल बिकास  समितिका तत्कालिन अध्यक्ष सुनिल कुमार डंगोलको अनुरोध र तत्कालिन मन्त्री सुनिल वहादुर थापाको पहलबाट जापान सरकारका सहयोगमा धनकुटामा दुई बर्ष अघि स्थापना भएको अक्सिन प्लान्ट पूर्व पहाडी जिल्लाहरुको लागि वरदान सावित भएको हो ।

एक करोड रुपैयाँ वरावरको लागतमा  धनकुटा अस्पतालमा स्थापना गरिएको  उक्त अक्सिजन प्लान्टबाट अस्पतालको वार्डमा रहेका विरामीहरुलाई पाईप लाईनबाट पनि अक्सिजन दिई दैनिक ३५ देखि ४० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताए ।

कोरोना महामारीमा मुलुकभर अक्सिजनको चर्को समस्या भैरहेको अहिलेको समयमा पनि धनकुटा अस्पतालमा  उपचारका लागि आउने पूर्वी पहाडी जिल्लाका विरामीहरुका लागि धनकुटा अस्पतालमा स्थापना भएको उक्त अक्सिजन प्यान्ट अहिले बरदान साबित भएको छ ।

धनकुटा लगायत पूर्वी पहाडी जिल्लाहरुका लागि अक्सिजनको ठूलो समस्या भैरहेको र विरामीहरुको अकालमा मृत्यु समेत हुने गरेकोले सो समस्या समाधानका लागि जापान सरकारको सहयोगमा उक्त अक्सिजन प्लान्ट स्थापना भएको नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका पूर्व मन्त्री सुनिल वहादुर थापाले वताए ।

अक्सिजन प्लान्टको अवलोकन तथा निरिक्षणपछि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेसका सचिव बिजय सन्तोषी राइले कोरोना भाईरसको महामारी भैरहेको समयमा अक्सिजन प्लान्ट धनकुटेली र पुर्वेली जनताहरुका लागि महत्त्वपूर्ण रहेको बताए ।