२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै नोबेल अस्पताल संचालक शर्मा 

Author Uttari Morang
शुक्रबार, जेठ २८, २०७८
कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै नोबेल अस्पताल संचालक शर्मा 

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा. शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् ।

नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही सहयोग पुर्याउँ भनेर हामीले निःशुल्क खाना खुवाउन थालेका छौं,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउने सोचमा छु ।’

नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मंगलबार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारीसहितको खानाको प्याकेट र एक/एक वोतल मिनिरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.बन्दना घिमिरेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्माले आफ्नैतर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि विरामीहरुलाई थप राहत मिलेको छ । डा. शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गतबर्ष उनले मोरङको क्षेत्र नं.३ का बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए ।

उनले हजारौं विपन्न विरामीलाई निःशुल्क उपचार गराएर ज्यान बचाएका छन् । समस्यामा परेकाहरुलाई डा.शर्माले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।