२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

राज्यले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनको बिरोध

Author Uttari Morang
शुक्रबार, आषाढ ११, २०७८
राज्यले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनको बिरोध

   जातीय बिभेदका घटनामा राज्यले लज्जास्पद ढंगले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनले आपत्ति प्रकट गरेको छ ।

एक बिज्ञप्ति  निकाल्दै संगठनले प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति घोर निन्दा गरेको छ ।

बिज्ञप्तिमा सामाजिक न्याय र समानुपातिक समावेशिताको जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुने र राज्यले हरेक नागरिकलाई सहानुभूति दिलाउन सक्छ भन्ने विश्वास राख्ने विवेकशील साझा युवा संगठन सरकारलाई यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमै हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग माग गरिएको छ  ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जातीय छुवाछुतको मानसिकता र व्यवस्थाकै समूल अन्त्यका लागि घर र समाजबाट नै हटाउनका लागि नागरिक पहलको नेतृत्व लिन आम नेपाली युवा पंक्ति, नागरिक समाज तथा युवा सङ्घसंगठनसँग अपिल गरिएको छ ।

रूपा सुनारलाई काठमाडौकी सरस्वती प्रधानले डेरा नदिएको घटनामा ५८ वर्षीया सरस्वती  तीन दिन थुनामा बसेकी थिइन् । प्रधानलाई  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले रिहा गराइ सरकारी गाडीमा घर पुर्याइदिएका थिए । त्यसपछि मन्त्री श्रेष्ठको सर्वत्र आलोचना भएको छ ।