२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

अधिनायकबादीसंग भिड्न भन्दै धनकुटामा कांग्रेसले बनायो लडाकु दस्ता

Author Uttari Morang
मंगलबार, आषाढ १५, २०७८
अधिनायकबादीसंग भिड्न भन्दै धनकुटामा कांग्रेसले बनायो लडाकु दस्ता

लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र  अधिनायकबादीहरुसंग भिड्नका निम्ति भन्दै  धनकुटामा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले तरुण डिफेन्स फोर्स गठन गरेको छ ।

लोकतन्त्र र जनअधिकारको रक्षाका निम्ति र अधिनायकबादीहरुसंग लड्नका लागि नेपाल तरुण दल धनकुटाले धनकुटाका पाख्रिवासमा तरुण नेता बिमल  गुरुङ्गको संयोजकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स  फोर्स गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव विजय सन्तोषी राईले तरुण परिर्वतनको सम्वाहक भएकोले तरुण फोर्स कसैसंग  जाईनलाग्ने तर आईलाग्नेसंग भने जाईलाग्दै त्यसलाई ध्वस्त पारेरै छाड्ने वताए ।
नेपाल तरुण दल धनकुटा जिल्लाका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला कोषाध्यक्ष दिनेश राईले तरुण फोर्स पाख्रिवासले  कुनै पनि तत्वले लोकतन्त्र र लोकतन्त्रवादीहरुमाथी  धावा बोल्ने र हस्तक्षेप गरे त्यसको सशक्त प्रतिकार गर्ने वताए ।
नेपाल तरुण दरुण दल पाख्रिवासका अध्यक्ष रवी राईको अध्यक्षतमा भएको तरुण भेलामा नेपाल महिला संघी जिल्ला उपाध्यक्ष तथा यूवा नेता अम्विका धमला, यूवा नेता अमित लो तामाङ, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष युवराज पराजुली, मदन घिमिरे लगायत तरुण नेताहरु उपस्थित थिए ।

धनकुटाको पाख्रिवासबाट लोकतन्त्र विरोधीहरुलाई ठिक लगाउन गठन गरिएको तरुण फोर्स धनकुटा जिल्लाका अन्य ६ वटै पालिकाहरुमा गठन गरिने र   जनविरोधी र भष्टचारी तथा लोकतन्त्र विरोधीहरुको जनस्तरसम्म भण्डाफोर गर्ने कार्य रहेको नेपाल तरुण दल धनकुटाका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले वताए  ।