२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ

Author Uttari Morang
आइतबार, आषाढ २०, २०७८
पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ

  पाख्रिवास नगरसभामा भएको घट्नामा पिडित पक्षलाई नै सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दुख दिने कार्य गरेको भन्दै विपक्षी गठबन्धन मा आबद्ध दलहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस सहित घेराउ गरेका छन ।

नेपाली कांग्रेस धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटा, जसपा धनकुटा र नेकपा एमाले माधव नेपाल पक्षीय नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनकुटाका नारा जुलुससहित जिल्ला प्रहरी धनकुटाका एस पी नकुल पोखरेल र  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तलाई कार्यालयमा भेटी सत्ताको दवावमा दर्ता गरिएको झुठा मुद्धा फिर्ता गर्न र पाख्रिवासका मेयर सहित जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा अभद्र व्यबहार  विरुद्ध मुद्धा दर्ता गर्न र पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहाई गर्न माग गरेका हुन् ।

पाख्रिवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा १५ जनालाई झुठा मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरिएकोमा गठबंधनले आपत्ति जनाएको छ । विपक्षी गठनवन्धनका नेताहरुले आफुहरुलाई पनि पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई चुनौती दिएका छन् ।  उपस्थित  नेताहरुले नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राइले बताए ।

प्रमुख जिल्ला अधिकारी पन्त र एस पी पोखरेलसंग जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख वंगला राई, नेपाली काग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ, क्षेत्रिय सभापती  ईन्दिरा थापा, नेताहरु घनेन्द्रराज श्रेष्ठ, टिका भण्डारी, माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती, सर्मिला राई, जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई, उपाध्यक्ष पार्वती राई, नारायण जुन राई, नेकपा एमाले माधव पक्षका अध्यक्ष अर्जुन राई, डिप्पल राई लगायतका नेताहरुले भेटघाट गरी झुठा मुद्धा खारेज नगरे आफुहरुलाई गिराफ्त्तार गर्न चुनौती दिएका थिए ।

नारा जुलुस र घेराउपछि आयोजित कोणसभालाई चार विपक्षी गठबन्धनको तर्फबाट सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सत्ताको दवावमा झुठा मुद्धा लगाएर १५ जना नेता कार्यकर्ताहरुलाई फसाउन खोजिएकोले त्यसको प्रतिरोध गर्दै विपक्षी गठबन्धनका नेताहरु १५ जनाको सट्टा आफुहरुलाई गिरफ्तार गर्न चुनौती दिएका छन् ।