२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

Author Uttari Morang
शनिबार, साउन ०९, २०७८
हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

 धनकुटा उद्योग बाणिज्य संघको पहलमा धनकुटामा स्थापित कर हेप्ल्प डेक्स तथा कर सेवा कार्यालय प्रारम्भ भएको छ  ।

गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा यसै हप्ताबाट हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी  सेवा प्रदान गर्न शुरु गरिएको हो ।

करदाताहरुलाई सेवा प्रवाहमा सहजिकरण गर्ने उदेश्यले स्थापना गरिएको हेल्प डेस्कबाट बिस्तारित कर सेवा कार्यालयको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गरेका छन् ।

बिगतदेखि संचालित हेल्प डेस्कलाई करदाता सेवा कार्यालयसंग समन्वय र सहयोगमा कर सेवा कार्यालयको रूपमा बिकास गरी सेवा प्रभारम्भ गरिएको संघका अध्यक्ष राइले बताए  । सेवा कार्यालयमा संघका सिचन  प्रधान,  भूपाल कटुवाल, नवराज श्रेष्ठले सहजीकरण सहित सेवा दिने छन् ।

सेवा कार्यालयको उद्घाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यालय सचिव सिचन प्रधान तथा उद्योगी, व्यवसायी, व्यापारी लगायत करदाताहरुको समेत उपस्थिति थियो ।