२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख

Author Uttari Morang
शुक्रबार, साउन २२, २०७८
उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख

उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्चेर सुंगुरको मूर्ति बनाएको छ।

बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ ।  ।                                                 धार्मिक पार्क बनाउने योजनासहित मेयर थापाकै अवधारणा र राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले दिएको डिजाइन अनुसार नगरपालिकाले मुर्ति बनाएको बेलका वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले बताए । मुर्तिकार धनु याख्खालाई मुर्ति बनाउन दिइएको  र दशैंसम्म उद्घाटन गर्ने तयारी भएको मेयर थापाले बताए ।

यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती अनुसार बराहको मूर्ति बनाइएको बताइएको छ । त्यसै स्थानमा पार्कका लागि थप २० लाख बजेट छुट्याइएको र त्यसको ठेक्काको काम बाँकी रहेको मेयर थापाले बताए ।