२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुकुना र साजीलाल मावि तथा सुकुना क्याम्पसलाई सुन्दरहरैंचा नपाले दियो तिनवटा बस

Author Uttari Morang
बिहिबार, साउन २८, २०७८
सुकुना र साजीलाल मावि तथा सुकुना क्याम्पसलाई सुन्दरहरैंचा नपाले दियो तिनवटा बस

सुन्दरहरैंचा नगरपालिकाले नगरकै नमूना तथा धेरै विद्यार्थी भएको सुकुना माध्यमिक विद्यालय, दुलारीमा अबस्थित साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी क्याम्पसलाई  सवारी साधन प्रदान गरेको  छ ।

नगरका उत्कुष्ट तीनवटा शैक्षिक संस्थाहरुको स्तररोन्नति तथा सुविधाको लागि  स्कुल बस हस्तान्तरण गरिएको हो  विद्यालयलाई स्रोत र साधनले सम्पन्न बनाउन नगरपालिकाले सहयोग गरिएको  र आगामी दिनमा अन्य विद्यालयलाई पनि स्कुल बसको लागि अनुदान दिने योजना रहेको नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

नगरपालिकाले सुकुना मावि र साजीलाल माविलाई बस खरिदको लागि तीस- तीस लाख तथा सुकुना बहुमुखी क्याम्पस लाई सत प्रतिशत अनुदान दिएको थियो । अनुदानबाट खरिद गरिएका तीनवटै बस नगरपालिकाले बुधबार एक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।

स्कुल बस हस्तान्तरण कार्यक्रममा सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार  श्रेष्ठले नगरपालिकाको सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र विद्यालयमा विद्यार्थी सहज तरिकाले आउन सहयोग पुग्ने बताए ।
।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका  उपमेयर धनमाया तामाङ , प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे  तथा अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति थियो । नगरप्रमुख ढकालले साजीलाल स्कुलका प्रधानाध्यापक कल्याण सिटौला, सुकुना माध्यमिक विद्यालयका प्रअ लक्ष्मीकुमार  श्रेष्ठ  र सुकुना क्याम्पसका क्याम्पसप्रमुख चन्द्रमणी राइलाई बस हस्तान्तरण गरेका थिए । कार्यक्रमा विद्यालय र क्याम्पसका शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको पनि उपस्थिति थियो ।