२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

छोटो समयमा स्थापित बन्दै सहारा एप

Author Uttari Morang
आइतबार, साउन ३१, २०७८
छोटो समयमा स्थापित बन्दै सहारा एप

सहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ ।

सहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दाबी छ ।

बिजनेश ग्रोथ कम्पनि प्रालिले एप सञ्चालनमा ल्याएको एपबाट हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ ।  रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनिय सेवा पाउने र समयको बचत हुने अध्यक्ष श्रेष्ठले बताए  ।

एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा बिश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
सहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहित आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए ।
साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् ।