२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी ४ मा कांग्रेसको सर्वसम्मत नेतृत्व, २७ सदस्यीय वडा समिति गठन

Author Uttari Morang
शुक्रबार, भाद्र २५, २०७८
बेलबारी ४ मा कांग्रेसको सर्वसम्मत नेतृत्व, २७ सदस्यीय वडा समिति गठन

मोरङ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनहरु हुन नसकिरहेको अवस्थामा बेलबारी नगरपालिका वडा नं.४ मा सर्वसम्मत नेतृत्व चयन सहित वडा समिति गठन भएको छ ।

कांग्रेसका नेता डा. सुनिल शर्माको वडासमेत रहेको वडा नं.४ मा कांग्रेसको सर्वसम्मत वडा नेतृत्व चयन भएको हो ।

वडा अधिवेशनले इन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ । भेलाले उपसभापतिमा शेरबहादुर थापा र पूर्ण राई, सचिवमा मोहन पौडेल र नारायण मिश्र तथा सह–सचिवमा दुइनकुमार थापामगर र प्रदीप खवासलाई चयन गरेको छ ।

वडामा क्षेत्रीय प्रतिनिधि चयन पनि सर्वसम्मत नै गरिएको छ । क्षेत्रीय प्रतिनिधिको खुल्लातर्फ डम्बर बस्नेत, राजेन्द्र अधिकारी, रामहरी कोइराला, सम्भु भट्टराई र दिनेश सुवेदी चयन भएका छन् । आदिवासी जनजातीतर्फ चन्द्र लिम्बु, रामकाजी राई, जीवन राई तथा महिला प्रतिनिधिमा इन्दिरा कार्की, सरिता बस्नेत, सीता गुरुङ्ग लगायत चयन भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि अहिले देशभर वडा अधिवशन भइरहे पनि क्रियाशील सदस्यता विवादका कारण मोरङमा क्रियाशील सदस्यताको अन्तिम नामावली नै प्रकाशन भएको छैन । बेलबारी ४ मा भने विवाद भन्दा माथि उठेर जिल्लामै पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

विवादकै बीच नेता डा.शर्माको नेतृत्वदायी पहलका कारण सर्वसम्मत नेतृत्व चयनले सार्थकता पाएको कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलका सञ्चालकसमेत रहेका डा.शर्मा सफल व्यवसायी मात्र नभएर राजनीतिक र सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।