२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङका १७ मध्ये १५ स्थानीय तहमा कोइराला पक्षीय कांग्रेसको नेतृत्व

Author Uttari Morang
सोमबार, आश्विन १८, २०७८
मोरङका १७ मध्ये १५ स्थानीय तहमा कोइराला पक्षीय कांग्रेसको नेतृत्व

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ मध्ये १५ स्थानीय तहको नेतृत्व कोइराला पक्षले पाएको छ ।

अधिकांश स्थानीय तहमा केन्द्रीय सदस्य शेखर कोइराला निकट उम्मेदवार विजयी भएका छन् ।
दुई पालिकाको नेतृत्व देउवा पक्षले पाएको छ ।
सत्रमध्ये चार वटा पालिकामा सर्वसम्मत र १३ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

केराबारी गाउँपालिको सभापतिमा प्रकश बस्नेत सर्वसम्मत भएका छन् । लेटाङ नगरपालिकाको सभापतिमा दीपकचन्द्र राई विजयी भएका छन् । त्यस्तै उर्लाबारी नगरपालिकाको सभपातिमा सुरेन्द्र लिम्बु सर्वसम्मत भएका छन् ।

त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको सभापतिमा बबि राई, रतुवाईमा नगरपालिकाको सभापतिमा पोस्टबहादुर बस्नेत, सुनीबर्सी नगरपालिकाको सभापतिमा कमलकिशोर सिंह, रंगेली नगरपालिकाको सभापतिमा जगन्नाथ मण्डल, पथरी शनिश्चरे नरपालिकाको सभापतिमा रुपनारायण भट्टराई चयन भएका छन् ।

कानेपोखरी गाउँपालिकाको सभापतिमा योगेन्द्र दाहाल, बेलबारी नगरपालिकाको सभापतिमा छत्रबहादुर लिम्बु, सुन्दर हरैचा नगरपालिकाको सभापतिमा भक्तिप्रसाद सिटौला, ग्रामथाङ गाउँपालिकाको सभापतिमा तुलसी विष्ट चयन भएका छन् ।

बुढीगंगा गाउँपालिकको सभापतिमा जितनारायण थापा मगर, विराटनर महानगरमा दीपक चापागाइँ, कटहरी गाउँपालिकाको सभापतिमा रामकुमार कामत चयन भएका छन् ।

धनपालथान गाउँपालिकाको सभापतिमा दीपकवीर पाण्डे र जहदा गाउँपालिकाको सभापतिमा महेन्द्रप्रसाद मण्डल सभापतिमा चयन भएका छन् । उनीहरु सभापति देउवा पक्षधर हुन् ।