२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

हिमालयन शेर्पा क्लबले जित्यो चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि

Author Uttari Morang
बुधबार, कार्तिक १७, २०७८
हिमालयन शेर्पा क्लबले जित्यो चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले उचालेको छ ।

बुधबार लक्ष्मी खेल मैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३-१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो ।

खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरे पनि ४३ मिनेटमा एपीएफका रवि थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याएका थिए ।

पहिलो हाफमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हाफमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी मुटुम्बाले र ८९ औ मिनेटमा सुरेश कुमालले १/१ गोल गर्दै टिमलाई जिततिर लम्काएका थिए । फाइनल खेलको म्यान अफ द म्याच हिमालयन शेर्पा क्लबका संजित राई घोषित भए ।

प्रतियोगितामा बेष्ट गोल किपर हिमालयनका  किशोर गिरी, बेष्ट डिफेन्स हिमालयनकै एन्जल गुरूड, बेष्ट मिड फिल्ड सशस्त्रका नबिन लामा,
बोष्ट फरवार्ड हिमालयन क्लबका मुटुम्बा, बेष्ट कोच हिमालयन क्लबकै
युगल किशोर राई र राइजिड्ग प्लेयर्स आयोजक डागिहाट युथ क्लबका रोहन कार्की बने । उनीहरूले जनही ११ हजार पाएका छन् । त्यसैगरी हाइ स्कोरर शशस्त्रका आशिष लामा बने । तीन गोल गरेका उनले २१ हजार पाए ।                                      प्रतियोगितामा सर्बश्रेष्ठ खेलाडी हिमालयन शेर्पा क्लबका बिश्वास श्रेष्ठ घोषित भए । उनले  ३१ हजार नगदसहित शिल्ड पाए । तर पुरस्कार दिने क्रममा खाम साटिएका कारण ११ र २१ हजार पुरस्कार पाउनेमध्ये एकजना कसैले ३१ हजार पचाए । अन्त्ययमा सर्वश्रेष्ठ खेलाडीलाई पैसा थपेर आयोजकले पुरस्कार दिए ।

बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३१ हजार, सर्वाधिक गोलकर्तालाई २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकला ११-११ हजार रूपैयाँ नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको थियो । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा शशस्त्र प्रहरीको एपीएफ क्लब , हिमालयन शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ , आयोजक डाँगीहाट युथ क्लब, राजारानी फुटबल क्लब धनकुटा, उदयपुर फुटबल क्लब , रोलिङ क्लब झापा र रोयल फुटबल क्लब सिलिगुडी गरी ८ वटा टीम सहभागी थिए ।