२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एकीकृत समाजवादीको २५ सदस्यीय केराबारी पार्टी कमिटी गठन

Author Uttari Morang
सोमबार, कार्तिक २९, २०७८
एकीकृत समाजवादीको २५ सदस्यीय केराबारी पार्टी कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी केराबारीको बृहत भेलाले रमेश चेम्जोङको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
नवगठित गाउँपलिका कमिटीको उपाध्यक्षमा सुभद्रा राई र देवानसिंह राई चयन भएका छन् । त्यस्तै सचिवमा भुपाल कार्की सहसचिवमा पुर्णप्रकाश पूर्बछाने मगर चयन भएका छन् ।
केराबारी गाउँपालिक कमिटी घोषणा कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य महेश रेग्मी, केन्द्रिय सदस्य चन्द्रवहादुर गुरुङ, प्रदेश कमिटी सदस्य बलवहादुर घिसिङ, जिल्ला कमिटी अध्यक्ष चन्द्रविर राई, उपाध्यक्ष उद्धव पोख्रेल लगायत युवा संघ समाजवादीका नेताहरु, युवा संघ समाजवादीका केन्द्रिय सदस्यद्धय चरण गुरुङ , आशिष लिम्बू लगायतको आतिथ्यता रहेको थियो । पार्टीका जिल्ला कमिटी सदस्य रोहित कट्वालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विन्दा श्रेष्ठको स्वागत मन्तब्य र भुपाल कार्कीको संञ्चालनमा सम्पन्न भएको थियो ।
सैगरी भवन ठकुरीको संयोजकत्वमा युवा संघ समाजबादीको १५ सदस्यीय पालिका कमिटी पनि गठन भएको छ ।  कमिटीमा देवीरत्न चेम्जोङ उपाध्यक्ष र अर्जुन लिम्बू सचिवमा चयन भएका छन् ।