२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नोबेलका विद्यार्थीद्वारा गर्भवती पौष्टिक आहार एवम्  बच्चाका खेलौनाहरुको प्रदर्शनी

Author Uttari Morang
शुक्रबार, पुष १६, २०७८
नोबेलका विद्यार्थीद्वारा गर्भवती पौष्टिक आहार एवम्  बच्चाका खेलौनाहरुको प्रदर्शनी

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको प्रदर्शनी गरेका छन् । नोबेलको बिएसी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिषरमा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् ।

बिएस्सी नर्सिङ तेस्रो बर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले प्रदर्शनी गरेको नोबेलकी नर्सिङ डाइरेक्टर निलम झाले जानकारी दिइन् । प्रदर्शनीमा २८ जना विद्यार्थी सहभागि थिए । उनीहरुले गर्भवती हुनुअघि महिलाहरुले अपनाउँनुपर्ने सावधानी र गर्भवती भएपछि खानुपर्ने उपयुक्त पौष्टिक आहारको प्रदर्शनी गरेका छन् । त्यस्तै, बच्चा जन्मिएदेखि १९ बर्षको उमेरसम्ममा बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको पनि कलात्मक प्रदर्शनी गरिएको थियो ।

बच्चाको उपयुक्त शारीरिक र मानसिक बृद्धि विकासका लागि बेलैदेखि सावधानी अपनाउँनुपर्ने भएकाले अस्पतालमा आएका बिरामी तथा कुरुवाहरुलाई सोही अनुसारको प्रदर्शनी गरेर देखाइएको बिएस्सी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी गरिमा खनालले बताइन् । बिएस्सी नर्सिङ तेस्रो बर्षका विद्यार्थीहरुले हरेक बर्ष यसरीनै प्रदर्शनी गर्दै आएका छन् ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।