२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

गढीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

Author Uttari Morang
सोमबार, फाल्गुण २३, २०७८
गढीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७ सय ५३ जना बिरामीको लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १ सय ७७ जनाको रक्त परीक्षण, १ सय १३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ३१ जनाको दाँत खोलिएको छ ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले केही बर्षयता पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।