माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल
Uttari Morang
नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् ।
बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।
स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।
एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता माया घरमा आश्रितहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ । असहायहरुको तथा उपचारका लागि एक बर्षसम्मका लागि अस्पतालले माया घरका आश्रितहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता पछि आश्रममा बसिरहेका ब्यक्तिहरु खुशी भएका छन् ।






