२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Author Uttari Morang
मंगलबार, बैशाख १३, २०७९
मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउँन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । उनका अनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सहभागिहरुलाई केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।

प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमा यो बिषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा १ सय १८ चिकित्सक सहभागी थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।