२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पाँच बर्षपछि बल्ल होला कि जस्तो छ प्रदेश १ को न्वारान

Author Uttari Morang
सोमबार, जेठ ३०, २०७९
पाँच बर्षपछि बल्ल होला कि जस्तो छ प्रदेश १ को न्वारान

प्रदेश को नामाकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएसँगै प्रदेश १ ले नाम पाउने भएको छ ।

आइतबार प्रदेश १ प्रदेशसभा बैठक लगत्तै एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच भएको छलफलमा जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमति भएको छ । एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको जानकारी दिए।

प्रदेशको नाम टुंगो लगाउन सहजीकरणका लागि सत्ता पक्ष र एमालेले छुट्टाछुट्टै समिति गठन गरेका छन् ।

एमालेले नामको सहजीकरण गर्न ५ सदस्यीय समिति गठन गरेको छ। एमालेले गठन गरेको कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदीश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन्।

प्रदेशको नामकै सहजीकरणका लागि सत्ता पक्षले पनि स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा समिति गठन गरिसकेको छ ।